गृहपृष्ठ Featured बुद्धभूमिलाई मुलुककै नमुना नगरपालिका बनाउँछु : एमालेका उम्मेदवार खनाल

बुद्धभूमिलाई मुलुककै नमुना नगरपालिका बनाउँछु : एमालेका उम्मेदवार खनाल

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा एमालेबाट बुद्धभूमि नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार दिनुभएका पिताम्वर खनालले नगरपालिकालाई मुलुक कै नमुना नगरपालिका बनाउने प्रतिवद्धता गर्नु भएको छ । घरदैलो गर्नेक्रममा मतदाता सँग उहाले संकल्प गर्नु भएको हो ।

उहाँले जनप्रतिनिधि इमान्दार, जनताको भावना बुझ्ने खालको, विकास प्रेमि हुनु पर्ने बताउनु भएको थियो । अघिल्ला जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त हुने । गिटी बालुवा निकासीमा शेयर लगाउने, एक्साभेटर लगाएर चोर्दा पनि चुपलागेर बस्ने ठेक्का पट्टामा सेटिङ मिलाएर काम गर्ने स्वाभावको भएको हुँदा बुद्धभूमिमा कमसल काम भएको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो ‘ नपत्याए नगरपालिकाले बनाएको बाटो हेर्नुस १ वर्ष नटिकी भत्किन सुरु गरेका छन् । गव्दहवा खोलामा टिप्पर डुव्ने गरी एक्साभेटरले गिट्टी बालुवा निकालेका छन् । ’ सूर्य चिन्ह लिएर निर्वाचन लड्नु भएका खनालले कृषक लाई सिंचाईको व्यवस्था गर्ने, मलखाद र विउ विजन अनुदानमा उपलव्ध गराउने र कृषि विमामा छुट दिने बताउनु भएको छ ।

मधेशका जनता व्यवसाय मुलक कृषिमा लागेका हुँदा नगरपालिकालाई तरकारी, पशुपालन र माछा पालनमा आत्मनिर्भर बनाउने दाबी गर्नु भयो । बुद्धभुमिले ५० प्रतिशत कृषि अनुदान दिने गरेको र कृषकलाई अनुदानको दायरा बढाएर ७५ भन्दा वढी बनाउने उहाँले बताउनु भयो । एमालेले जितेका पालिकाहरुले यस अगाडी ७५ प्रतिशत अनुदान दिएको समेत दावी गर्नु भयो ।

सम्बन्धित् समाचार