गृहपृष्ठ Featured मेयर इमान्दार भए सबै सम्भव छ,जनताले जिताए गरेर देखाउछु ः आर्चाय

मेयर इमान्दार भए सबै सम्भव छ,जनताले जिताए गरेर देखाउछु ः आर्चाय

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका कांग्रेसका उम्मेदवार रविराज आर्चायले मेयर इमान्दार भए सबै सम्भव भएको बताएका छन । आज बाणगंगाको वडा नः ९ भलवाडमा घरदैलोपछिको कोणसभालाई सम्बोधन गर्दै आर्चायले मेयर इमान्दार भएर काम गरे सबै सम्भव भएको बताएका हुन ।

आफुलाई जनताले जिताएर बाणगंगाको बिकासमा आमुल परिर्वतन ल्याउने समेत आर्चायले बताए । मेयरनै इमान्दार र जनताप्रति बफादार भए अन्य जनप्रतिनिधि रर कर्मचारी स्वत जिम्मेवार हुने बताउदै आर्चायले सबै मिलेर आफुलाई जिताउन नगरबासीलाई आग्रह समेत गरेका छन ।

कांग्रेसले बाणगंगाको उप मेयरमा तारावति थारुलाई उठाएको छ भने कांग्रेसबाटनै बाणगंगको वडा नः १ मा सञ्जु सारु मगर, वडा नः २ मा रत्न बहादुर कार्की, वडा नः ३ मा सन्तराम थारु, वडा नः ४ मा बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री, वडा नः ५ मा दुनिका भुसाल, वडा नः ६ मा करुण टण्डन, वडा नः ७ मा कुमार खडका, वडा नः ८ मा कृष्ण प्रसाद पोखरेल, वडा नः ९ मा नारायण थापा वडा नः १० मा रामनक्षत्र थारु र वडा नः ११ मा नरेन्द्र चौधरीलाई वडाध्यक्ष पदमा उठाएको छ ।

सम्बन्धित् समाचार