गृहपृष्ठ खबर ‘हाम्रो टिमले जित हात पार्छ, वडालाई विकास र समृद्धिमा अग्रपंक्तिमा लिएर जान्छौं’

‘हाम्रो टिमले जित हात पार्छ, वडालाई विकास र समृद्धिमा अग्रपंक्तिमा लिएर जान्छौं’

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिका वडा नं.८ को महिला वडा सदस्य पदका उम्मेदवार रहेकी विष्णु भट्टराई (मल्ल) ले आफ्नो टिमले जित हात पार्ने दाबी गरेकी छिन् ।

वडा विकास र समृद्धिको लागी आफुको उम्मेदवारी रहेको बताउँदै उनले महिलाको हक, अधिकारको लागी आफुले भूमिका निर्वाह गर्ने बताईन् । ‘हाम्रो टिमले जित हात पार्छ, वडालाई विकास र समृद्धिमा अग्रपंक्तिमा लिएर जान्छौं ।’

आफुले नेपाली कांग्रेसमा दुई दशक बढीदेखि सक्रिय राजनिति गर्दै आएको र पार्टीले आफुमाथि विश्वास जताएकोमा उक्त विश्वास टुट्न नदिने उनले दाबी गरिन् । उनले भनिन् ‘अरुले हरेक चुनाबको मुखमा बाटो बनाउछु, शिक्षा मा बिकास गर्छु रोजगारि प्रदान गर्छु भनेर धेरैले भन्नूभयो, तर म एउटा महिला नेतृ भएको हुनाले अरु सबै कामलाई साथमा राख्दै अहिले हरेक युवतीहरुले भोग्नु परेको सेनेटेरी प्याडको महँगाईलाई न्युन गर्ने अथवा सकेसम्म हरेक स्वास्थ्य चौकीमा निशुल्क उपलब्ध गराउन सरकारसंग माग गरि वातावरण मिलाउँछु ।’

सम्बन्धित् समाचार