गृहपृष्ठ कृषि अधुरा योजना पुरा गर्न बुद्धभुमी ९ मा पुनः एमालेबाट न्यौपानेको उम्मेदवारी

अधुरा योजना पुरा गर्न बुद्धभुमी ९ मा पुनः एमालेबाट न्यौपानेको उम्मेदवारी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिका नेकपा एमालेले उम्मेद्धारहरुसहित जनताको घरघरमा गई चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन ।

यस्तै वडा नंं ९ का वडा अध्यक्षका उम्मेदवार खुमानन्द न्यौपानेले योजनामा रहेका अधुरा कामलाई पुरा गर्न आफु पुनः अध्यक्षमा उठेको बताउनु भएको छ । पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सरेकाले वडालाई समृद्ध बनाउदै सबै सगँ हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङकन गरेको बताउदै लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका छन् ।

चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा न. ९ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ । अहिले उम्मेदवार आफ्ना घोषणापत्र सहित जनताको घरदैलेमा पुगेका छन् ।

न्यौपाने बिगत ३ दशकबाट सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय रहदै आउनु भएको छ । उहाँले आफु पुनः बिजय भए वडा नः ९ को शिक्षा, स्वास्थ्य, रोजगारी, कृर्षीका क्षेत्रमा आमुल परिर्वतन गर्ने बताउनु भएको छ ।

सम्बन्धित् समाचार