गृहपृष्ठ Featured बाणगंगामा राप्रपा घरदैलो कार्यक्रममा थप सक्रिय, दिनहुँ पार्टी प्रवेश

बाणगंगामा राप्रपा घरदैलो कार्यक्रममा थप सक्रिय, दिनहुँ पार्टी प्रवेश

कपिलवस्तु : बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) घरदैलो कार्यक्रममा थप सक्रिय भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारका साथमा राप्रपा बाणगंगामा चुनाव लक्षित घरदैलो अभियानमा थप सक्रिय भएको हो । आज बाणगंगा ३ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीको नेतृत्वमा घरदैलो सम्पन्न भएको राप्रपा बाणगंगाले जनाएको छ ।

यस्तै घरदैलो कार्यक्रम पश्चात राजपानीमा भएको कोण केन्द्रिय सदस्य ध्रुब रायमाझी, राप्रपाका नेता डा. माधव पन्थी, राप्रपा कपिलवस्तुका उपाध्यक्ष चन्द्र भण्डारी, मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार रामु शर्मा, वडाध्यक्षका उम्मेदवार जीव नारायण थारु लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

यस्तै आजै वडा नम्बर २ मा समेत घरदैलो समेत गरिएको छ । यस्तै बाणगंगा १ र ८ का चिन्तामणि सुबेदी र टामजर्न न्यौपाने राप्रपामा प्रवेश गर्नुभएको छ ।

सम्बन्धित् समाचार