कपिलवस्तु : कपिलवस्तु नगरपालिका- १० का वडा सदस्यका उम्मेदवारको शुक्रवार राति मृत्यु भएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट खुला तर्फ वडा सदस्यको उम्मेदवार बनेका ३७ बर्षिय राजेन्द्र थारु चौधरीको मृत्यु भएको हो । सोमवार घरदैलो अभियान सके पछि राति १० बजेतिर अचानक अचेत भए पछि उनलाई उपचारकालागि भैरहवा स्थित युनीभर्सल मेडीकल कलेजमा लगीएको थियो । त्यहा उनलाई डाक्टरहरुले मृत घोषणा गरेको थियो ।
वडा सदस्यका उम्मेदवारको मृत्यु भएको बिषयमा निर्वाचन आयोगमा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । निर्वाचन आयोगको आदेश पछि सो पार्टीलाई सो पदमा उम्मेदवारी दिनकालागि समय दिईने उनले बताए । बैशाख ३० गतेको निर्वाचन भने सो वडामा सोही दिन नै हुने मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।
उता १० दिन अघि बुद्धभुमी नगरपालिका वडा नम्बर ८ मा एमाले तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका ओम प्रकाश तिवारीको समेत मृत्यु भएको थियो ।








