गृहपृष्ठ Featured एमालेको जितका लागि वैशाख ३० गतेको प्रतिक्षामा : ओली

एमालेको जितका लागि वैशाख ३० गतेको प्रतिक्षामा : ओली

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री अध्यक्ष ओलीले आफूहरु एमालेको जितका लागि वैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताए ।

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गरे । उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोर्‍याए । अध्यक्ष ओलीले भने, ‘हामीले जितको तयारी गरिसक्यौं । नेकपा एमालेका जित अनिवार्य छ । अवश्यमभावी छ । एमालेले अत्यधिक बहुमतका साथ जित्नुपर्छ । यो व्यक्तिहरुको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को, कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’

यसअघि बोलेका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्षभित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिएका थिए ।

सम्बन्धित् समाचार