गृहपृष्ठ Featured कपिलवस्तुमा मतगणना साँझैबाट गर्ने या नगर्ने सबै जिम्मा पालिकालाई

कपिलवस्तुमा मतगणना साँझैबाट गर्ने या नगर्ने सबै जिम्मा पालिकालाई

प्रकाशित मिति:

स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । विहान ७ बजे देखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्ने छ ।

कपिलवस्तुमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए ।
९ पालिकामा जारी मतदान अन्तर्गत सबैभन्दा बढी विजयनगर गाउँपालिकामा मत खसेको छ । जहाँ ५१ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकारी पन्थीले जनाए ।

सबैभन्दा कम मत वाणगंगा नगरपालिकामा खसेको पनि उनले बताए । उनका अनुसार वाणगंगामा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतगणना आज साँझैबाट हुन्छ या भोलिबाट त्यसको जिम्मा पालिकामा केन्द्रित रहेको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले मतदान सकिए पछि मतगणनाको काम चल्ने बताए । यद्यपि पालिकामा रहेका सर्वदलिय सहमती पश्चात मतगणनाको काम हुने र त्यसको जिम्मा सम्बन्धित पालिकामा रहेको निर्वाचन कार्यालयको हुने पन्थीले जनाए ।

यता स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार