गृहपृष्ठ Featured रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका रमण थापा अगाडि

रामपुर नगरपालिकाको मेयरमा कांग्रेसका रमण थापा अगाडि

पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले अग्रता बनाएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार उनी १,३६१ मतका साथ अग्रस्थानमा छन् ।

थापालाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शिव अर्यालले १,३३२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी दुर्गादेवी राना १,३३७ मतसहित अगाडि रहेकी छिन् । उनलाई नेपाली कांग्रेसकी बालकुमारी थापाले १३३२ मतसहित पछ्याइरहेकी छिन् । रामपुरमा गठबन्धनबाट मेयर र उपमेयरमै कांग्रेसको भागमा परेको थियो । त्यस्तै रामपुर १ मा पनि नेपाली कांग्रेसका कपिल खाँण विजयी भएका छन् ।

रामपुरमा यसअघि पनि नेपाली कांग्रेसका थापा नै विजयी भएका थिए । उनले नेकपा एमालेका उम्मेदवार राजु श्रेष्ठलाई हराएका थिए ।

सम्बन्धित् समाचार