प्यूठान : प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी चुनिएका छन् । ९ हजार ३ सय २३ मत ल्याउँदै योगी नगरपालिकाको मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले ७ हजार ८ सय १६ मत ल्याए ।
त्यस्तै नगरपालिकाको उपमेयरमा कांग्रेसका देवेन्द्र बर्मा विजयी भएका छन् । बर्माले ९ हजार ४ सय ९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेकी पवित्रा जिसीले ७ हजार १ सय ८२ मत ल्याइन् । नगरपालिकाका १० वटा वडामध्ये वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी भएको छ । वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार लोकबहादुर केसीले ६ सय १४ मत ल्याउँदै विजयी भएका हुन् ।
वडा नम्बर १ मा कांग्रेसकी साधना रावत, २ मा कांग्रेसकै मोहन बहादुर बिष्ट, ३ मा माओवादीका सुमन श्रेष्ठ, ४ मा एमालेका रेशम कार्की, ५ मा राष्ट्रिय जनमोर्चाका नन्दराम पुन, ५ मा कांग्रेसका नरेन्द्र पुन एनपी, ७ मा कांग्रेसका नेत्र बहादुर केसी, ८ मा एमालेका पदम बहादुर थापा, वडा नम्बर ९ मा विकास केसी विजयी भएका छन् ।








