दाङ : दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका हेमराज शर्मा पछि परेका छन् । माओवादी केन्द्रका उनले १४३७५ मत प्राप्त गर्दा एमालेका नरुलाल चौधरीले १७८८४ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका भुपबहादुर डाँगीले १६१६१ मत पाउँदा एमालेकी हुमा डिसीले १७३४७ मत पाएर अग्रता बनाएकी छन् । यो उपमहानगरमा सत्ता गठबन्धनका दुबै उम्मेदवार पछि परेका छन् ।