गृहपृष्ठ Featured दाङका पालिकामा कांग्रेसको वर्चस्व, वडामा एमाले

दाङका पालिकामा कांग्रेसको वर्चस्व, वडामा एमाले

दाङ : दाङका पालिकामा नेपाली कांग्रेसले वर्चस्व जमाएको छ । वडामा नेकपा ९एमाले० अगाडि छ । १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र) ले तीन र एमालेले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ । घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी भएका छन् । तुलसीपुर उपमहानगरको नगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् ।

ब्नबलष् न्चयगउ

त्यस्तै, कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा जित हासिल गरेको छ । यी पालिकामा कांग्रेस प्रमुख र उपप्रमुख दुवैमा विजयी भएको छ ।

त्यस्तै, माओवादी केन्द्रले बंगलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बंगलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताए ।

सम्बन्धित् समाचार