गृहपृष्ठ Featured अर्थमन्त्रीलाई योगेशको प्रश्न– शिक्षा, स्वास्थ्यमा कमिसन नआउने भएर बजेट नबढाएको ? 

अर्थमन्त्रीलाई योगेशको प्रश्न– शिक्षा, स्वास्थ्यमा कमिसन नआउने भएर बजेट नबढाएको ? 

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट घटाएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाइएको बताए ।

“टिकटकमा भिडियो आएको छ, उहाँ प्रतिनिधिसभाको सदस्य हुँदा एउटा इन्टरभ्यु दिनुभएको रहेछ,” उनले भने, “शिक्षा र स्वास्थ्यमा २० प्रतिशत बजेट हुनुपर्‍यो, त्यो भिडियोमा उहाँले किन बजेट बढाउँदैनन् भन्दा त्यहाँबाट कमिसन आउँदैन भन्नुभएको रहेछ । अहिलेको बजेटमा उहाँले शिक्षा र स्वास्थ्यमा बजेट २० प्रतिशत पनि पुर्‍याउनु भएन । अब अर्थमन्त्रीलाई सोध्न चाहन्छु– शिक्षा, स्वास्थ्य क्षेत्रबाट कमिसन नआएर बजेट नबढाउनुभएको हो ?”

उनले स्वास्थ्य क्षेत्रमा गएको वर्षभन्दा बजेटको आकार घटेको र शिक्षामा पनि पर्याप्त बजेट नआएको बताए ।

सम्बन्धित् समाचार