गृहपृष्ठ Featured कोपा विजेता अर्जेन्टिना र युरो च्याम्पियन इटली भिड्दै

कोपा विजेता अर्जेन्टिना र युरो च्याम्पियन इटली भिड्दै

प्रकाशित मिति:

लन्डनको वेम्बली स्टेडियममा विश्व फुटबलका दुई महादेशीय विजेता आज ९बुधबार० राति प्रतिस्पर्धा गर्दै छन्। युरो च्याम्पियन इटलीले कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाको सामना गर्दै छ।

खेल नेपाली समयअनुसार राति साढे १२ बजे शुरु हुनेछ। विश्वकप छनोटमा अप्रत्यासित रुपमा बाहिरिएको इटलीका लागि अर्जेन्टिनालाई पराजित गर्दै आफ्नो उत्कृष्ट छवि फर्काउने चुनौती रहँदा पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको अर्जेन्टिना विश्वकपको उपाधि दाबेदारका रुपमा आफूलाई कायम राख्ने ध्याउनमा हुनेछ।

लियोनेल स्कालोनीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको अर्जेन्टिना एक वर्षयता आफूलाई अजेय टिमका रुपमा स्थापित गरिरहेको छ। पछिल्ला ३१ खेलमा अपराजित रहेको अर्जेन्टिना सर्वाधिक फराकिलो हारविहिन यात्रामा रहेकाले उसका लागि इटलीको चुनौती यो अर्थमा पनि महत्वपूर्ण हुनेछ। पछिल्लो पटक अर्जेन्टिना गत मार्चमा इक्वेडरसँग १(१ को बराबरीमा रोकिएको थियो।

यूईएफए र कन्मेबोलद्वारा आयोजित यो प्रतियोगिता तेस्रो पटक युरोपियन र कोपा अमेरिकन विजेताबीच प्रतिस्पर्धा हुन लागेको हो। सन् १९८५ मा फ्रान्सले पेरिसमा उरुग्वेलाई २(० ले हराएको थियो। ८ वर्षपछि अर्जेन्टिनाले घरेलु मैदान मार डेल प्लाटामा डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो।

यी दुई राष्ट्रबीचको खेल इतिहास हेर्ने हो भने इटलीले अर्जेन्टिनामाथि तुलनात्मक रुपमा केही बढी जित निकालेको छ। तर पछिल्लो ३३ वर्षयता भने अर्जेन्टिना इटलीसँग हारेको छैन। दुई टोलीबीच भएका १६ मध्ये ६ खेलमा इटालीले जित निकालेको छ। अर्जेन्टिनाले इटालीविरुद्ध ५ जित हात पारेको छ भने ४ खेल बराबरीमा सकिएको छ।

त्यसो त इटलीले अर्जेन्टिनालाई पछिल्लो पटक सन् १९८७ मा फिफा ९० वर्ल्ड कप का दौरान ३-१ ले पराजित गरेयता जित निकाल्न सकेको छैन। त्यसको अर्को वर्ष अर्थात सन् १९८९ भएको मैत्रीपूर्ण खेलमा इटलीले बराबरी खेलेको थियो। त्यसयता भने अर्जेन्टिनाले लगातार जित निकालेको छ। अर्थात पछिल्ला ३३ वर्षमा अर्जेन्टिनाले ४ खेल खेल्दा सबै चारै खेलमा जित निकालेको छ।

फुटबलका दुई दिग्गज राष्ट्रबीच पछिल्लो पटक सन् २०१८ प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा अर्जेन्टिनाले २-० को जित निकालेको थियो। तर अहिले पनि यी दुईबीचको खेललाई उत्तिकै उत्सुकतापूर्वक लिने गरिन्छ।

सम्बन्धित् समाचार