गृहपृष्ठ Featured गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु

गुल्मी : माछा मार्न गएको बेला खोलामा डुबेर इश्मा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले बताए ।

शनिबार दिउँसो स्थानीय छल्दी पनाहा खोलामा माछा मार्न गएका कुमाललाई स्थानीयले पानीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार