गृहपृष्ठ अर्थ/वाणिज्य दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

प्रकाशित मिति:

२२ जेठ, काठमाडौं । वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली  भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।

सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ ।

कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९.२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्युनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ ।

सम्बन्धित् समाचार