गृहपृष्ठ Featured दाङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार एक युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ४ सुनपुरमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही २ रामपुरका २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।

बिहान घोराहीदेखि रामपुरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका रेग्मीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

सम्बन्धित् समाचार