बुटवल : रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगो लागेको छ । अहिले आगोलाई नियन्त्रणमा लिने प्रयास जारी छ । सैनामैना नगरपालिका-६ कलौनी स्थित पुरानो बजार नजिक रहेको कपास उद्योगमा बिहान देखि आगो लागेको हो ।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकल सहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधि,नगर प्रहरी र स्थानियहरु घटना स्थल छन् ।








