गृहपृष्ठ खबर इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

इन्दिरा जोशीले प्रेमी शरदसँग गाँसिन लगन गाँठो

प्रकाशित मिति:

काठमाडौं : गायिका इन्दिरा जोशी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज लगन गाँठो कसेकी हुन्। उनले विवाहको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै ‘अफिसियल्ली हजबेन्ड एन्ड वाइफ नाओ’ (अब आधिकारिक रुपमा श्रीमान र श्रीमती) क्यापसन दिएकी छिन्।

गायिका जोशीले आइतवार हल्दीरमेहन्दी समारोह मनाएकी थिइन्। गतवर्ष शरदले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुगेका बेला इन्दिरालाई प्रपोज गरेका थिए।

 

सम्बन्धित् समाचार