गृहपृष्ठ Featured राज्यमन्त्री वलीको घटनाबारे छानबिन गर्न जाँचबुझ समिति गठन

राज्यमन्त्री वलीको घटनाबारे छानबिन गर्न जाँचबुझ समिति गठन

लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको बिषयमा छानबिन गर्न प्रदेश सरकारले समिति बनाएको छ। आजको मन्त्रीपरिषद् बैठकले राज्यमन्त्री वलीको घटनाबारे सत्य तथ्य बुझनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको हो। समितिको सदस्यमा महिला बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर र मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी छन्।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक जना महिला र बालिकालाइ उनकै घरभित्र पसेर अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको थियो।

वलीले तुलसीपुरका एकराज बस्नेतको घर भित्रै पसेर बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेको आरोप लागेको हो। सोही आरोपमा राज्यमन्त्री वलीलाइ बस्नेतको घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। मेरो एकराज खै भन्दै राज्यमन्त्रीले आफुलाइ र छोरीलाइ हातपात गरेको आरोप एकराजकी श्रीमतीले लगाएकी छन्।

सम्बन्धित् समाचार