गृहपृष्ठ खबर बुद्धभूमिप्रति केही गुनासो होस् वा योजना मलाई प्रत्यक्ष भन्नु : नगर प्रमुख श्रेष्ठ

बुद्धभूमिप्रति केही गुनासो होस् वा योजना मलाई प्रत्यक्ष भन्नु : नगर प्रमुख श्रेष्ठ

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको गोरुसिङ्गेमा ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम बुद्धभूमि नगरपालिकाको आयोजना र वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरपालिकाले बालिबालिका, किशोरकिशोरी तथा युवायुवतीहरुको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउनुभयो ।

उनीहरुको सर्वाङ्गीण विकासका लागी नगरपालिका सदैव प्रतिवद्ध रहेको नगर प्रमुख श्रेष्ठले जिकीर गर्नुभयो । उहाँले हरेक व्यक्तिको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले आगामी दिनमा पनि विभिन्न कार्यक्रम संचालन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमबाट हासिल गरेका ज्ञानले सहभागिलाई नेतृत्व लिन सक्षम बनाउने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो ।

तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ । तालिम लिनुभन्दा अगाडि धेरैका सामु बोल्दा हुने डर, क्रास तालिम पश्चात हटेको आफुले महशुस गरेको उहाँले बताउनुभयो । नगरप्रति केही गुनासो वा कामको योजना भए आफुलाई प्रत्यक्ष भन्न सक्ने उहाँको भनाई छ । ‘नगरलाई कसरी राम्रो बनाउने, समृद्धितर्फ लाने, समाजमा कसरी राम्रो सन्देश दिने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । त्यसका लागी पनि बुद्धभूमि नगरपालिकाप्रति केही गुनासो, वा केही योजना भए मलाई प्रत्यक्ष भन्नसक्नु हुन्छ ।’ उहाँले भन्नुभयो ।

सम्बन्धित् समाचार