गृहपृष्ठ Featured रुपन्देहीमा उपाध्यक्षका नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

रुपन्देहीमा उपाध्यक्षका नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

तिलोत्तमा : रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।

गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको अध्यक्ष बरईले जानकारी दिए ।

सम्बन्धित् समाचार