गृहपृष्ठ खबर सबै क्षेत्रको सुझावलाई समेटेर निति तथा कार्यक्रम ल्याउने गृहकार्य सफल : पन्थी

सबै क्षेत्रको सुझावलाई समेटेर निति तथा कार्यक्रम ल्याउने गृहकार्य सफल : पन्थी

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले सबै क्षेत्रको सुझाव समिटिने गरि निति तथा ल्याउने तयारी भएको बताएका छन् । बाणगंगा नगरपालिकाको समग्र विकासलाई आवश्यक पर्ने पक्षको सुक्ष्म अध्ययन गरि निति तथा कार्यक्रम ल्याउने गृहकार्य सफल भएको उनले बताए ।

उनले वैखरी अनलाईनसंग कुराकानी गर्दै भने, ‘यस क्षेत्रका सरोकारवाला सबैको सुझावलाई समेटेर निति तथा कार्यक्रम ल्याउने गृहकार्य सफल भयो । त्यमा मूलभूत रुपमा जनप्रतिनिधिहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका विकासका आयोजना समेट्ने प्रयास पनि गरिएको छ ।’

उनले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा सबै क्षेत्रको सुझाव समेटिएको दाबी समेत गरे । निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा विभिन्न चरणमा गहन छलफलमा रहेको उनले बताए । उनलेले भने, ‘बजेटको सहि सदुपयोग होस् भन्ने उद्देश्यले पालिकाको निति तथा कार्यक्रमको पूर्बसन्ध्यामा विभिन्न चरणमा गहन छलफलमा रहेका छौं ।’

बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका निति तथा कार्यक्रम यही असार १० गते सार्वजनिक गर्दै छ । यस्तै बुधबार नै बाणगंगा नगरपालिकाको एघारौं नगरसभाबाट आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम पारित भएको छ ।

यतिवेला कपिलवस्तुका अन्य स्थानीय तहहरु पनि आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमहरु ल्याउन व्यस्त देखिन्छन् । जनप्रतिनिधिहरु दिन प्रतिदिन सर्वपक्षीय छलफलमा व्यस्त छन् ।

सम्बन्धित् समाचार