गृहपृष्ठ खबर बाणगंगा- १ बैरीयाको केसि सर्जिकलद्धारा भैरव मेडिसिन सप्लायर्सको सेवा सुरु

बाणगंगा- १ बैरीयाको केसि सर्जिकलद्धारा भैरव मेडिसिन सप्लायर्सको सेवा सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा- १ वैरीयामा रहेको केसि सर्जिकल सप्लायर्सले आफनो सेवालाई थप बिस्तार गरेको छ । केसि सर्जिकलले मेडिसिन सप्लायर्सको सेवा थप बिस्तार गरेको हो । केसि सर्जिकल सप्लार्यसले मेडीसिन सप्लार्यसको सेवा सुरु गरेको सञ्चालक अम्बीका केसिले वैखरी अनलाइनलाई बताइन ।

लुम्बिनि प्रदेश बिभिन्न जिल्लामा सर्जिकल सामाग्रीको सेवा प्रदान गर्दै आएकोमा मेडीकलहरुकै मागमा मेडीसिन सप्लार्यस अथवा बिभिन्न ब्राण्डेट कम्पनीको औषधी बितरण गर्ने गरी भैरव मेडीसिन सप्लार्यसको नामबाट सेवा सुरु गरेको निर्देशक सुरेश केसिले बताए । हाल केसि सर्जिकलले कपिलवस्तु जिल्लासहित रुपन्देही अर्घाखाची, पाल्पा, दाङका ३५० मेडीकलहरुमा सर्जिकल सामाग्री डेलीभरी गर्दै सेवा प्रदान गर्दै आएको छ ।

थप २ करोड बढिको लगानीमा सुरु गर्न लागीएको भैरव मेडिकल सप्लार्यसकले बिभिन्न ब्राण्डेट औषधी कम्पनीहरुसगं सम्झौता समेत गरीसकेको छ ।

१ दशक लामो यस क्षेत्रको अनुभव र बजारको मागलाई पुरा गर्ने उदेश्यले मेडीकल सप्लार्यस सञ्चालमा ल्याएको सञ्चालक केसिको भनाई छ । हाल लुम्बिनि प्रदेशका कपिलवस्तु, रुपन्देही, अर्घाखाची, दाङ जिल्लाका करिव ८० मेडिकलमा स्वदेशी तथा बिदेशी औषधी बिक्रि बितरण गरी रहेको सञ्चालक केसिले बताइन ।

मेडिसिन सप्र्लायसको सेवासगै सुपध मुल्यमा औषधी पाउन बुटवल जान नपर्ने भएपछि स्थानियबासी समेत खुशी भएका छन ।

सम्बन्धित् समाचार