गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिकाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित

बुद्धभूमि नगरपालिकाको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित

प्रकाशित मिति:

वैखरी अनलाईन : बुद्धभूमि नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम पारित गरेको छ । आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गरेको हो । विनियोजित विध्येक, आर्थिक विध्येक, नगर दररेट विध्येक नगर उपप्रमुख मिरा थारुले प्रस्तुत गरेकी थिईन् भने निति तथा कार्यक्रम मेयर केशव कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।  गत आर्थिक बर्षको तुलनामा ८.९ प्रतिशतले निशर्त तर्फको बजेट घट्न गएको समेत जानकारी गराईएको छ ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको मेयर केशव कुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव राज सुवेदीले सबै क्षेत्रको सुझाव समिटिने गरि निति तथा ल्याईएको बताए ।

उनले वैखरी अनलाईनसंग कुराकानी गर्दै भने, ‘यस क्षेत्रका सरोकारवाला सबैको सुझावलाई समेट्ने गरि निति तथा कार्यक्रम ल्याईएको छ । त्यमा मूलभूत रुपमा जनप्रतिनिधिहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका विकासका आयोजना समेट्ने प्रयास पनि गरिएको छ ।’

सम्बन्धित् समाचार