गृहपृष्ठ खबर बलिउड फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘शमशेरा’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : बलिउड अभिनेता रणवीर कपूर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । लद्दाख क्षेत्रमा छायांकन भएको फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन् ।

ट्रेलरमा सञ्जय दत्तको डरलाग्दो लुक र स्टाइल देखाइइएको छ । उनी चोरको चरित्रमा प्रस्तुत छन् । त्यस्तै, नकारात्मक भूमिकामा सञ्जय दत्त छाएका छन् । उनको लुक्स र अभिनयले ‘केजीएफ २’को अधीरा चरित्र बिर्साउँछ ।

फिल्ममा रणवीर र सञ्जयसँगै वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ । यसैगरी, ट्रेलरमा वाणी कपूरलाई नृत्यांगनाको रुपमा प्रस्तुत गरिएको छ । रणवीरसँग उनको लभ केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ ।

शमशेराको मोसन पोस्टर २०१८ मा रिलिज भएको थियो तर कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाइ भएको थियो ।

अब चलचित्र २२ जुलाईमा रिलिज हुँदैछ ।

सम्बन्धित् समाचार