गृहपृष्ठ खबर बाणगंगामा ‘अपाचे आरटीआर १६० फोर भीको बीएस ६’ भर्सन सार्वजनिक

बाणगंगामा ‘अपाचे आरटीआर १६० फोर भीको बीएस ६’ भर्सन सार्वजनिक

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगामा टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले सोमबार एक कार्यक्रमका बीच वैरियामा आरटीएफआई (बीएस ६) भर्सन सार्वजनिक गरेको हो ।

बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जु कुमार सारु, कपिलस्तु उद्योग बाणिज्य संघका उपाध्यक्ष तुल्सीराम घिमिरे, नेपाल राष्टिय उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य कुशल पौडेल, संचालकहरु उमानाथ पौडेल, मोहन न्यौपाने, मनोज पौडेल, बसन्त खनाल र शंकर भाट क्षेत्रीको उपस्थितिमा उक्त भर्सनको मोटरसाईकल सार्वजनिक गरिएको हो ।

वडाध्यक्ष सारुले बाणगंगा अटो टेडर्सले बर्षौदेखि यस क्षेत्रका नागरिकलाई राम्रो सेवा उपलब्ध गराउदै आएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि यस क्षेत्रका व्यक्तिको विश्वासलाई जित्दै अघि बढ्न आग्रह गर्दै नयाँ नयाँ मोडलका गाडिको विक्रि वितरणलाई थप सहज बनाउन आवश्यक रहेको बताए ।

उक्त भर्सनको मोटरसाईकल सार्वजनिक भए लगत्तै पहिलो पटक शिव के.सी.ले खरिद गरेका छन् । उनले यस बाईकको सबै फिचर, लुक्स धेरै राम्रो लागेको भन्दै अन्य व्यक्तिलाई पनि खरिद गर्न अपिल गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव समेत रहेका संचालक मनोज पौडेलले बर्षौदेखि आफुहरुरुले गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको बताए । उनले विगतदेखि नै आफुहरुले ल्याएका नयाँ भर्सनका मोटरसाईकलहरुमा ग्राहकहरुको आकर्षण बढ्न गरेको र अहिले पनि यस मोटरसाईकलप्रति ग्राहकहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

बीएस ६ भर्सनमा आएको यो मोटरसाइकल सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध छ ।

यसमा रहेको रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।

यसका साथै मोटरसाइकलमा टीभीएस स्मार्ट कनेक्ट फिचर समेत रहेको छ । चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।

सम्बन्धित् समाचार