गृहपृष्ठ कृषि बुद्धभूमि नगरपालिकाले मनायो १९ औँ धान दिवस, १० कृषक सम्मानित

बुद्धभूमि नगरपालिकाले मनायो १९ औँ धान दिवस, १० कृषक सम्मानित

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाले आज धान दिवस मनाएको छ । १९ औँ धान दिवसका अवसरमा बुद्धभुमी नगरपालिकाले वडा नं. १ भेलाईमा धान दिवस मनाएको हो । बुद्धभुमी नगरपालिकाको आयोजना र दुर्गा भवानी कृषक समुहको सहजीकरणमा धान दिवस मनाइएको कृषी शाखा प्रमुख देविराम बेल्बासेले जानकारी दिए ।

सो अवसरमा नगरपालिकाका भित्रका उत्कृष्ट १० जना कृषकलाई सम्मान समेत गरीएको छ । नगर भित्रका २ जना फलफुल खेती गर्ने र ८ जना तरकारी खेती गर्ने गरी जम्मा १० जना कृषकलाई नगद ५ हजार, दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, प्रशासन शाखा प्रमुख राजन पोखरेल, वडा नः १ का वडाध्यक्ष तिलक बस्नेत , कार्यपालिका सदस्यहरुसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

 

सम्बन्धित् समाचार