गृहपृष्ठ खबर बाणगंगामा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि ३ दिने तालिम सुरु

बाणगंगामा नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि ३ दिने तालिम सुरु

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा नमुना युवा नगरसभा अभ्यास सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा समितिको सहकार्यमा उक्त तालिम शनिबारबाट सुरु भएको हो । तालिमको औपचारिक उद्घाटन गर्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगामा नमुना युवा नगरसभाको अभ्यासको थालनी हुनु आफैमा सुखद पक्ष रहेको बताईन् ।

उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै त्यससंग युवाको प्रत्यक्ष संवाद हुन जरुरी रहेको बताईन् । युवाको भूमिका देशका प्रत्येक क्षेत्रमा आवश्यक रहेको बताउँदै उनले स्थानीय जनप्रतिनिधिका बीच युवाका एजेण्टा प्रस्तुत गर्ने जिम्मेवारी स्वयम युवाको हुने बताईन् । उनले बाणगंगा नगरपालिका सदैव युवाको साथमा रहेको दाबी गर्दै युवाको क्षेत्रमा धेरै काम गर्न आवश्यक रहेको पनि बताईन् ।

जिल्ला युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेले स्थानीय सरकार संचालन सम्बन्धि विषयवस्तुमा केन्द्रित रहदैं सोको अभ्यास समेत गरिने बताए । उनले जनप्रतिनिधिसंग युवालाई जोड्दै नेतृत्वका लागी खाका तयार गर्ने गरि आफुहरुले काम गरि रहेको जिकीर गरे ।

तालिमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेको अध्यक्षता, नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता र बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक ईश्वरा खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

जिल्ला युवा समिति अर्घाखाँचीका निवर्तमान अध्यक्ष लिल बहादुर वि.क.ले प्रशिक्षण दिनुभएको तालिममा बाणगंगा ११ वटै वडाका युवाहरुको सहभागिता छ ।

सम्बन्धित् समाचार