कपिलवस्तु : जिल्लाको कपिलवस्तु नगरपालिकामा टिपर भित्र चालक मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तु नगरपालिका ७ बर्गदवास्थित लु २ ख १५१५ नम्बरको टिपरमा सोही टिपरका चालक शिबराज नगरपालिका ५ नौडिहवा बस्ने ३८ वर्षीय राम केवट थारु शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।







