गृहपृष्ठ Featured अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणबेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणबेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)

काठमाडौं : अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज सुरक्षित नरहेको जनाएको छ ।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप लागेको थियो । सो विषयलाई लिएर अर्थमन्त्री शर्माको राजीनामासमेत माग हुँदै आएको छ ।

अर्थमन्त्री शर्माले भने आरोपको खण्डन गर्दै आएका छन् ।

सूचनाको हकको उपयोग गर्दै सोहीबारे उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेर निवेदन दिएको थियो ।

जवाफमा आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने भएकाले मागिएको फुटेज सुरक्षित नरहेको जवाफ लिएको छ ।

“सीसीटीभी फुटेजको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जान्छ,” पत्रमा भनिएको छ ।

सम्बन्धित् समाचार