गृहपृष्ठ खबर बाणगंगामा नमुना युवा नगरसभाको अभ्यास : मेयरमा वि.क.सर्वसम्मत चयन

बाणगंगामा नमुना युवा नगरसभाको अभ्यास : मेयरमा वि.क.सर्वसम्मत चयन

वैखरी अनलाईन : बाणगंगामा नमुना युवा नगरसभाको अभ्यास सुरु भएको छ । उक्त नमुना युवा नगरसभाको मेयरमा सागर वि.क.सर्वसम्मत चयन भएसंगै अभ्यास सुरु भएको हो । यस्तै उपमेयरमा पुजा गौतम चयन हुनुभएको छ भने प्रमुख प्रशासकिय अधिकृतमा दुर्गेश कुमार चौधरी चयन हुनुभएको छ ।

यस्तै वडाध्यक्षहरुमा विनोद बस्याल, हिमाल चौधरी, लक्ष्मण न्यौपाने चयन हुनुभएको भने कार्यापालिका सदस्यहरुमा सृष्टि भुर्तेल र पुजा गौतम चयन हुनुभएको छ । यस गठित नमुना युवा नगरसभाले युवाको सर्वाङ्गीण विकासका विषयहरुलाई बाणगंगाका जनप्रतिनिधिलाई जानकारी गराई समाधानको उपाय खोज्ने जिल्ला युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेले जानकारी दिनुभयो । बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा समितिको सहकार्यमा शनिबार सुरु भएको नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि तालिम सोमबार सम्पन्न हुने छ ।

जिल्ला युवा समिति अर्घाखाँचीका निवर्तमान अध्यक्ष लिल बहादुर वि.क.ले प्रशिक्षण दिनुभएको तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडाका युवाहरुको सहभागिता छ ।

सम्बन्धित् समाचार