गृहपृष्ठ Featured रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु

रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु

बुटवल : रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।

पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । मृतक पाण्डेमा मुल सम्बन्धी समस्या रहेको र ताला जाँदा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित् समाचार