कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगर स्तरीय थारु संस्कृति संरक्षण समिति गठन भएको छ । बुद्धभूमि ४ का निवर्तमान वडाध्यक्ष पवन कुमार थारुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । यस्तै समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश थारु, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिवकुमारी थारू रहेका छन् ।
नगर उपप्रमुख मीरा थारुले समितिले थारु समुदायको भाषा, कला, संस्कृती, भेषभुषाको संरक्षण, सम्बर्द्धनमा महत्त्वपूर्ण काम गर्ने बिश्वास व्यक्त गरिन । थारु समुदायको संस्कृति बचाउने दायित्व अहिलेको पुस्ताको रहेको भन्दै नगरपालिकाले यो समितिसङ्ग सहकार्य गरि काम गर्ने उनले बताइन् ।
थारु समुदायको बाक्लो बसोबास रहेको बुद्धभूमिमा वडा नम्बर ४ मा नगरपालिकाले थारु सङ्गग्राहलय बनाउने गरि काम सुरु गरेको छ ।








