गृहपृष्ठ अर्थ/वाणिज्य शितगंगामा गत आर्थिक बर्षमा कुल बजेटको ८६.८८% खर्च : प्रवक्ता न्यौपाने

शितगंगामा गत आर्थिक बर्षमा कुल बजेटको ८६.८८% खर्च : प्रवक्ता न्यौपाने

वैखरी अनलाईन : अर्घाखाँचीको शितगंगा नगरपालिकाले गत आर्थिक बर्षमा गरेको खर्च विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्षको आर्थिक कारोबार समाप्त भएको वैखरी अनलाईनलाई जानकारी दिदैं नगरका प्रवक्ता समेत रहेका वडा नं.१४ का वडाध्यक्ष दामोदर न्यौपानेले कुल आम्दानीको ९१.६७% र कुल बजेटको ८६.८८% बजेट खर्च भएको बताए ।

उनका अनुसार पुँजीगत खर्च ८२.१७% र चालु खर्च ८९.२०% रहेको छ ।

प्रवक्ता न्यौपानेले भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न अहोरात्र खट्ने जनप्रतिनिधि, कर्मचारीहरु लगायत सम्पूर्ण सम्बद्व पक्षहरुलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित् समाचार