गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकाको विकासमा साथ रहने नवनियुक्त मन्त्री राईनको प्रतिबद्धता

कपिलवस्तु नगरपालिकाको विकासमा साथ रहने नवनियुक्त मन्त्री राईनको प्रतिबद्धता

कपिलवस्तु : दोश्रो पटक मन्त्री बनेका भौतिक पुर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईनले कपिलवस्तु नगरपालिकाको विकासमा आफनो पुरा साथ रहेको प्रतिबद्धता ब्यक्त गरेका छन । यस अघि फरक पार्टीका मेयर भए पनि आफु १९ महिने मन्त्री रहदा यस नगरपालिकाको विकासमा आफुले सके सम्म साथ दिएको बताए । कपिलवस्तु नगरपालिकाका मेयर सहीत नगरपालिकाको टीमले राखेको स्वागत र सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

उनले कपिलवस्तु नगरपालिकाको पुर्वाधार बिकासका लागी नगरको गुरुयोजना बनाएर अगाडी बढ्न सुझाव दिएका दिए । उनले  नगरले गुरुयोजना बनाई गुरुयोजना अनुसार अगाडी बढे देखिने गरि नगर बिकासको कार्य अगाडी बढ्ने सुझाव दिए । बिगतमा आफु शहरी बिकास मन्त्री हुदाँ समेत कपिलवस्तु नगरपालिका क्षेत्रमा बिभिन्न बिकासका योजना दिएको स्मरण गर्दै अब पनि यस नगरको बिकासका लागी योजनाहरु दिन तत्पर रहने बताए । चालु आवको बजेट आए पछि आफु मन्त्री भएको भए पनि केहि कार्यक्रमका अबण्डा रकमहरु कार्यान्वयनमा सहयोग गर्न सक्ने, केहि बिदेशी दातृ निकायको सहयोगको सहरी रोडका साना योजनाहरु कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहेकाले सो अनुसार सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा मन्त्री राईन सगै लुम्बिनी प्रदेशकी कृषी खाद्य प्रबिधि तथा भुमी व्यवस्थामन्त्री सुमन शर्मा रायमाझिलाई नगर प्रमुख सुदिप पौडेल, उपप्रमुख सुनिता गुप्ता र वडाअध्यक्षहरुले सम्मान गरि मायाको चिनो हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले मन्त्री राईन शहरी बिकास मन्त्री हुदाँ नगर क्षेत्रमा निर्माण भएका अस्फाल्ट प्रबिधिका सडक बनाउन भुमिका खेलेको बताए । बहादुरगंज जाने चोक देखी तिलौराकोट सम्मको सडक र बजार क्षेत्रमा निर्माण भएको सडकमा लाईटिङ्ग तथा सुन्दरीकरणका लागी आवश्यक बजेट बिनीयोजनका लागी मन्त्रीबाट पहल हुनेमा बिश्वस्त रहेको उनले बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास सल्लाहकार अब्दुल रसिद खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार