गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाले वित्तीय सुशासनमा पायो ८२.५ अंक

बाणगंगा नगरपालिकाले वित्तीय सुशासनमा पायो ८२.५ अंक

वैखरी अनलाईन : बाणगंगा नगरपालिकाको वित्तीय सुशासनको प्रतिवेदन पारित भएको छ । बुधबार बसेको कार्यापालिकाको बैठकमा उक्त प्रतिवेदन पारित भएको हो । जसमा नगरपालिकाले ८२.५ अंक प्राप्त गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

नगरपालिकाले प्राप्त गरेको उक्त अंक हालको आर्थिक अवस्थामा सन्तोषजनक रहेकोमा सबैले खुशी व्यक्त गरेका छन् ।

भोलि (विहिबार) नगरपालिकाको आफ्नै भवनमा हुने एघारौं नगरसभाको अन्तिम वैठकमा कार्यपालिकाको वैठकबाट पास भएका विभिन्न प्रस्तावलाई अन्तिम रुप दिने तयारी रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार