लियो/लायन्स क्लब अफ कपिलवस्तुले रचनात्मक काम गरेको छ । लियोरलायन्स क्लब अफ कपिलवस्तुले जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र भैरव चश्मा पसलको सहजीकरणमा ट्राफिक जनचेतन तथा निशुल्क आँखा परीक्षण कार्यक्रम गर्दै रचनात्मक काम गरेको हो ।
लियो क्लब अफ कपिलवस्तु वर्ष २२र२३का अध्यक्ष सागर बन्जाडे ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १६५ ओटा सवारी साधनमा “म जिम्मेवार चालक” सहितको स्टिकर टासी ५० बडी सवारी चालकको आँखा परीक्षण गरेको संस्थाका सचिव दीपक आचार्यले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दल राम टमाटाको प्रमुख आतिथ्यता, लियो डिस्ट्रिक काउन्सिल ३२५ पी नेपालका रीजन ३ का रीजन चिफ पाण्डव भण्डारी, लायन्स क्लब इंटर्नैशनल ३२५ पी नेपाल रीजन १४ रीजन चेयरपर्सन सुरेन्द्र घिमिरे, लियो एडवाईजर तथा भैरव चश्मा पसलका संचालक सन्दीप भट्टरईको संयुक्त बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरे, लायन्स क्लब अफ कपिलवस्तुका सचिव शान्त राज गैरे, लायन्स क्लब अफ कपिलवस्तुका कोषाध्यक्ष दामोदर पन्थी, डिरेक्टर मोहन आर्याल , ट्राफिक श्री हरी बहादुर जि सी ,समाजसेवी दीपक कुंवर लगायतको अतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि दल राम टमाटाले ट्राफिक नियम आम नागरिकले पलाना गर्नुपर्ने जानकारी गराउदै, ट्राफिक प्रहरीले सर्वसाधारण लाई दुःख दिन नभई ट्राफिक सचेतनाका लागी सवारी साधन परीक्षण गर्ने र उक्त बेला सहयोग गर्नुहुन आग्रह गरे । संस्थाका अध्यक्ष सागर बन्जाडेले उक्त कार्यक्रममा जनता र ट्राफिक प्रहरी बीच पारसपारिक सम्बन्ध रहेको र समाजका हरेक गतिविधीमा लियो सधै अघि बढ्ने बताए ।
लियो क्लब अफ कपिलवस्तुका सचिव दीपक आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मधु सुधन गन्धर्वले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कपिलदेव भट्टरई, प्रवीण गौतम,मनीष घिमिरे,हरी प्रसाद अधिकारी, हरी प्रसाद गैरे,लक्ष्मी पोखरेल, बन्दना आचार्य, स्वस्तिका गौतम,सन्तोष पाण्डे, माधव गैरे, मनीष खत्री, नवीन भट्टरई, विनोद पौडेल, श्रीधर पन्थ, आशिष भट्टरई, सूरज बेलबसे र रीता बेल्बासेको सहभागितामा रहेको थियो ।








