गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा क्षमता, ब्यक्तीत्व र नेतृत्व बिकास तालिम सुरु

कपिलवस्तु उद्योग बाणिज्य सघंद्धारा क्षमता, ब्यक्तीत्व र नेतृत्व बिकास तालिम सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन, जितपुर

कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा २ दिने ब्यक्तीत्व बिकास, क्षमता अभिबृद्धि र नेतृत्व बिकास तालिम सुरु भएको छ ।

 

कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवनमा सुरु भएको तालिमको आज बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले उद्यघाटन गरेका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख चक्र अर्यालले ब्यवसायीले उत्पादनमा जोड दिनु पर्ने र त्यसकालागी आधुनिक समय र प्रविधिसगं अपडेट हुनुपर्नेमा जोड दिए । नेपाली बजारमा उत्पादन बढाउन सके नेपालमै ब्यवासायीका लागी अवसर रहेको उनले बताए ।

 

कार्यक्रममा सघंका अध्यक्ष डोलकराम घिमिरे, महिला उपाध्यक्ष इन्दीरा तिमिल्सीना, सचिव खिमानन्द पौडेल(कोपिल) वस्तुगत सदस्य राजेन्द्र बिक्रम शाह लगायतले आआफनो धारणा राखेका थिए ।

सघंका पदाधिकारी, सदस्य तथा क्षेत्रगत उपसमितिका संयोजक र सचिव साथै यस क्षेत्रका करिव ६० बढि तालिममा सहभागि छन । २ दिने तालिमको प्रशिक्षकका रुपमा युवराज भुसाल रहेका छन ।

सम्बन्धित् समाचार