गृहपृष्ठ Featured बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत पन्थीलाई विदाई

बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत पन्थीलाई विदाई

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीलाई विदाई गरिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ कपिलवस्तुले संयुक्त रुपमा प्रमुख प्रशासकिय पन्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

पन्थीले बाणगंगा नगरपालिकामा आफ्नो कार्य अनुभव सुनाउँदै भने, ‘बाणगंगा अत्यन्तै विकासको सम्भावना बोकेको नगरपालिका हो । मैले यहाँ आफुले सक्ने कामहरु गरे र अझै धेरै कामहरु गर्न बाँकी थिए तर केही कारणवस म यहाँबाट सरुवा हुनुपर्यो ।’

आफु घर जादाँ पनि ईन्धनको विषयलाई लिएर केही मानिसले विरोध गरेको कुरा भावुकतापूर्वक उल्लेख गर्दै उनले भने, ‘मेरो घर बुटवल, म यहाँ ५ बजे काम सकेर घर जान पर्यो तर केही साथीहरुले त्यसमा पनि ईन्धनमा अनावश्यक खर्च भयो भन्दै विरोध गर्नुभयो ।’

यस्तै अन्य केही कारणले गर्दा पनि आफु सरुवा हुनु परेको उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक घिमिरेले प्रमुख प्रशासकिय पन्थी आएपछि बाणगंगामा धेरै राम्रा कामहरु थालनी भएको भन्दै खुशी व्यक्त गरे । प्रमुख प्रशासकिय पन्थीले रचनात्मक काम गर्दै बाणगंगालाई थप विकासको गतिमा अघि बढाउने आफुहरुको ठूलो आशा रहेको तर थन्थीको सरुवाले उक्त आशा निरासामा परिणत भएको बताए ।

अध्यक्ष घिमिरेले पन्थीलाई आगामी दिनमा थप सफलताको शुभकामना दिदैं बुटवल उपमहानगरपालिकामा सरुवा भए पनि आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए । यस्तै पत्रकार हरि अधिकारीले प्रमुख प्रशासकिय पन्थीले आफुलाई मडियामैत्रीको नमुनाको रुपमा परिचित गराएको बताए । उनले मिडियाको समस्या तथा चुनौतिहरुलाई बुझेर सहकार्य गर्दै अघि बढ्ने पन्थी जस्तो प्रमुख प्रशासकिय पाउन कठिन हुने दाबी समेत गरे ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी सुर्यप्रसाद बरालसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार