गृहपृष्ठ Featured बुटवलमा गाडी किनेको पैसा नतिर्ने नियतले अर्घाखाँचीका साथीको हत्या

बुटवलमा गाडी किनेको पैसा नतिर्ने नियतले अर्घाखाँचीका साथीको हत्या

प्रकाशित मिति:

रूपन्देही : गाडी किनेको पैसा नतिर्ने नियतले बुटवलका एक व्यक्तिले साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेच गर्दै आएका कुलचन्द्र गौतमले अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको हत्या गरेको खुलेको हो।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची  पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो। घटनापछि फरार रहेका गौतमलाई नेपाल–भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरेकोजिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त कार्यालय प्रमुख नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ।

गौतमलाई बिक्री ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु१ख ७७८१ नम्बरको ट्रक  १६ लाखमा बिक्री गर्नेगरी गौतमको नाममा नामसारी गरेका थिए।

ट्रकको पैसा नबुझाउने नियतले पाण्डेले गौतमको हत्या गर्ने योजना बनाएका थिए। गौतमले योजनाबद्धरूपमा यही साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा पुगेर पैसा दिने भन्दै लगेका थिए। भोलिपल्ट कालिज मार्ने बहानामा जंगलमा लगी पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। पाण्डेको हत्यापछि गौतम फरार भएका थिए ।

गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ। पाण्डेको शव सडकदेखि करिब ८०० मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री वस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो ।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए । शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन्।

अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ। साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन आफन्तको माग छ।

सम्बन्धित् समाचार