गृहपृष्ठ Featured गुल्मीमा डोजर लगाएर काठ तस्करी

गुल्मीमा डोजर लगाएर काठ तस्करी

गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक वनमा २०र२२ भन्दा बढी सल्लाका रुख ढालेर काठ तस्कर गरिएको छ ।

स्थानीयले कृष्ण टण्डनले बजार नजिकैको सामुदायिक जंगलबाट रातमा रुख काटेर काठ तस्करी हुनु दुःखद विषय भएको प्रतिक्रिया दिए ।

गैर-जिम्मेवार समिति
चार दिनअघि काठ तस्कर भएको जानकारी समितिलाई थियो । तर, समितिका पदाधिकारीले स्थानीयको दबादपछि मात्रै ढिलो गरे सोधिखोजी गर्न थाले । छत्रदेबी हरियाली सामुदायिक बनका सचिव बिष्णुप्रसाद पन्तले आफुहरुलाई चार दिनपहिले रुख काट्दै गरेको सूचना आएपनि कार्यव्यस्तताले आइतबार साँझ मात्रै वनमा पुगेको स्वीकार गरे ।

उनले वनका रुख काटेको सत्य भएपनि कसले र किन काटेको भन्नेबारे केहि जानकारी नभएको प्रतिक्रिया दिए । उनले वनलाई पनि आइतबार अवेर मात्रै जानकारी गराएको बताए ।

 

सम्बन्धित् समाचार