गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा मृगाैला डायलासिस सेवा सुरू हुदैँ, बुटवल जान नपर्ने

कपिलवस्तुको बाणगंगामा मृगाैला डायलासिस सेवा सुरू हुदैँ, बुटवल जान नपर्ने

वैखरी अनलाईन, बाणगंगा

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालकाे संचालनमा कपिलवस्तु  जिल्लाकाे बाणगंगा नगरपालिका  १ बैरिया मा मृगाैलाकाे          डायलासिस सेवा सुरू हुने भएकाे छ ।

कपिलवस्तु डायलासिस  सेन्टर जेशिस भवन बाणगंगा १ बैरियावाट १ हप्ता भित्रै संचालनमा आउने भएको छ । बैरियामा डायलासिस सेवा सुरू भएपछि कपिलवस्तु र अर्घाखाँचीका मृगाैला पिडित बिरामीहरू खुसी भएका छन ।

अस्पतालका अध्यक्ष एजाज आलमले विद्युत जडानको काम बाहेक अन्य सम्पुर्ण कामहरू पुरा भएको जानकारी दिनु भयो ।

 

बैरिया क्षेत्रमा बिजुली भोल्टेजको समस्या रहेकोले थप २५ केभिए चाहिने हुँदा नयाँ २०० केभिएको ट्रान्सर्फमर लगाउन गरिएको पहल अनितम चरणमा पुगेको प्रदेश सांसद विष्णु पन्थीले वताउनु भयो ।

उहाले १/२ दिन भित्र बिद्धुत कार्यालयले आफ्नो काम पुरा गर्नेछ र जडान भएको एक हप्ता भित्र सेवा सुरु गर्न सकिने छ भन्दै यो क्षण कपिलवस्तु र अर्घाखाँचीवासी दुबैकालागि सुखद हुने वताउनु भयो ।

छिटो सेवा संचालन गर्न चाहादा चाहादै पनि ढिलो भएकोमा सांसदका हिसावले जनतासंग क्षमा याचना गर्दै आफ्नो एक महत्वपूर्ण वाचा पुरा हुन लागेको सांसद पन्थीले जानकारी दिनु भयो  ।

सम्बन्धित् समाचार