वैखरी अनलाईन : बाणगंगा नगरपालिकामा फाहोरमैला व्यवस्थापन कार्य प्रभावकारी बन्दै गएको छ । बर्षौ देखि मूल समस्याको रुपमा रहदैं आएको फाहोरमैला व्यवस्थापन अहिले नियमित रुपमा फोहोर उठ्न थालेसंगै व्यवस्थापकिय कार्य प्रभावकारी बन्दै गएको हो ।
नियमित रुपमा घरघरमा ट्याक्टर आई फोहोर लैजाने क्रम सुरु भएको भन्दै नगरवासीले खुशी व्यक्त गरेका छन् । नगरले फोहोर व्यवस्थापनका लागी राम्रो कदम चाल्दाँ सबैलाई सजिलो भएको बाणगंगा १ निवासी रामप्रसाद गैरेले बताए ।
फोहोर जन्य पदार्थ व्यवस्थापनको लागि गतमा वैशाखमा बाणगंगा नगरपालिका र फेरी ईन्भाईरोमेन्टल सर्विसेसबीच सम्झौता भएको थियो । सम्झौता अनुसार अहिले सहरी क्षेत्रमा दैनिक र ग्रामीण क्षेत्रमा हप्ताको एक पटक फोहर उठाउने उठाउने काम भईरहेको छ । जसअनुरुप उक्त सर्विसेसले मासिक सहरी क्षेत्रबाट एक सय रुपैयाँ र ग्रामीण क्षेत्रबाट ५० रुपैयाँ लिने गरेका छन् ।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्न एउटा ट्याक्टर उपलब्ध गराएको छ भने एउटा सवारी साधन फेरी ईन्भाईरोमेन्टल सर्भिसेससंग छ । नगरपालिकासंग सम्झौता गरेको उक्त फेरी ईन्भाईरोमेन्टल सर्भिसेसले नगरपालिकालाई बार्षिक ३६ हजार रुपैयाँ दिने छ ।