वैखरी अनलाइन, बुद्धभुमी
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका- ७ का वडाध्यक्ष शालिकराम यादव निदाउदै गरेको तस्बीर यतीबेला सामाजिक सञ्जालमा आइ रहेको छ ।
यादव यसरी कोठमा निदाउने गरेको तस्बीर पहिलो पटक बाहिर आएको भने होइन, यसअघि पनि उनी बारम्बार यसरी नै कार्यकक्षमा निदाउने गरेका थिए ।
गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा बिजयी भएका उनी कार्यकक्षमै प्रायजसो निदाउने गरेको स्थानिय बताउछन ।
यसरी कार्यकक्षमै निदाउदा सेवा लिन गएका सेवाग्राही समेत मारमा पर्ने गरेको स्थानिय बताउछन ।
निदाएको समयमा बोलाए झन रिसाउने पो होकी भन्ने डरले उहाँ नउठदासम्म कुर्नु परेको सेवा लिन आएका एक सेवाग्राहीले बताए ।
यस विषयमा उनीसंग थप बुझ्न खोज्दाँ सम्पर्क हुन सकेन् ।