गृहपृष्ठ Featured आज, हिजोअस्तिकोभन्दा कम पानी पर्ने अनुमान

आज, हिजोअस्तिकोभन्दा कम पानी पर्ने अनुमान

प्रकाशित मिति:

काठमाण्डाै 

आज, हिजो अस्तिको तुलनामा कम वर्षा हुने अनुमान गरिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै रहेको र यो अझै तल झर्ने सम्भावना रहेकाले  हिजोअस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यसअघि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउँदा देशैभर पानी परेको थियो ।

धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले  गर्दा बाढी पहिरोको जोखिम बढाएको छ । जमिन गलिसकेकाले अब हल्कादेखि मध्यम वर्षा हुँदा पनि पहिरो जाने जोखिम छ । आज मधेस प्रदेश बाहेकका प्रदेशमा पानी पर्ने सम्भावना छ ।  धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ ।

गण्डकी तथा सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार