काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नेछ ।
सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकले मंसिर ४ मा चुनाव गर्ने औपचारिक निर्णय गर्नेछ ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेकालागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।