गृहपृष्ठ Featured चिनियाँ सेनाद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार

चिनियाँ सेनाद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति:

काठमाडौँ : चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

 

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा ुलाइभ फायरु को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै उसले अमेरिकाले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको भन्दै दुई देशबीच सम्बन्धमा यसको असर पर्ने चेतावनी दिएको थियो ।

ताइवानले भने चीनको चेतावनीका बावजुद पेलोसीलाई भव्य रुपमा स्वागत गरेको थियो । साथै ताइवानले चिनियाँ प्रतिक्रियाको खण्डन पनि गरेको थियो । ताइवानका अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गरेको छ ।

बिहीबार चिनियाँ सेनाले गरेको मिसाइल प्रहारलाई ताइवानको रक्षा मन्त्रालयले ‘तर्कहीन कार्य’ भएको संज्ञा दिएको छ । साथै ताइवानले दुश्मनका गतिविधि नजिकबाट नियालिरहेको भन्दै त्यसको उपयुक्त कदम चाल्ने जनाएको छ ।

सम्बन्धित् समाचार