गृहपृष्ठ Featured भोलिदेखि मतदाता नामावली संकलन स्थगित !

भोलिदेखि मतदाता नामावली संकलन स्थगित !

प्रकाशित मिति:

काठमाडौं : सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

 

सम्बन्धित् समाचार