गृहपृष्ठ खबर बाणगंगामा एक बर्षमा जम्मा ४ किलोमिटर ४१३ मिटर सडक कालोपत्रे

बाणगंगामा एक बर्षमा जम्मा ४ किलोमिटर ४१३ मिटर सडक कालोपत्रे

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : गत आर्थिक वर्ष २०७८/७९ मा बाणगंगामा जम्मा ४ किलोमिटर ४१३ मिटर सडक कालोपत्रे भएको छ ।

 

नगरपालिकामा पूर्वाधार निर्माण तर्फ जेष्ठ मसान्त सम्ममा ४४१३ मिटर सडक कालोपत्रे हुँदा ४९०० मिटर नाली तथा नहर निर्माण, १५८९ मिटर कुलो तथा ढल निर्माण सम्पन्न भएका छन् भने २५,२८८ मिटर सडक ग्राभेल, ११ वटा स्थानमा कल्भर्ट र ३७ वटा स्थानमा ह्युमपाइप कल्भर्ट निर्माण सम्पन्न भएका छन् ।

यस्तै ६८४२ मिटर विद्युत लाइन विस्तार, ३० वटा विभिन्न सामुदायिक भवन निर्माण तथा मर्मत, २० वटा मन्दिर निर्माण तथा मर्मत र ५ वटा डिउहार निर्माण तथा मर्मत कार्य सम्पन्न भएका छन् ।

क्रमागत योजना अन्तर्गत वडा नं. ३ को प्रशासनिक भवन, कृषि उपज संकलन केन्द्र र औद्योगिक ग्रामको कार्य भई रहेको नगरपालिकाका योजना शाखा प्रमुख शान्ताराज आचार्यले जानकारी दिए । उनले यो तथ्याङ्कलाई सन्तोष जनक मान्न सकिने बताए ।

 

बाणगंगा नगरपालिकामा सडक कालोपत्रको काम नगरपालिका र उपभोक्ता समितिमार्फत हुने गरेका छन् ।

बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष ०७८/७९ मा पूँजीगत खर्चतर्फ रू.४१ करोड ११ लाख ३५ हजार ४ सय ८० विनियोजन गरिएकोमा रु. १९ करोड ७७ लाख ७ हजार ८ सय ५५ खर्च भई ४०.९२ प्रतिशत गरी जम्मा ५१.६९ प्रतिशत खर्च प्रगति भएको थियो ।

सम्बन्धित् समाचार